विसु भण्डारी

नेपाल फर्कने बिमान आउने टर्मिनल नजिकैको विश्राम स्थलमा एक जना नेपाली साथीसंग भेट हुन्छ । पोखरा स्थाई घर भई, हाल अष्ट्रेलियाको सिडिनीमा पढदै रहेछन ।
जापान भनेको काम गर्ने ठाउ रहेछ, पढने ठाउ नरहेछ,
जति बसे पनि गाईकोकुजिन(विदेशी)को रुपमा मात्र चिनिन्छ,
यो देशका नागरिकहरुले विदेशी नागरिकहरुलाई
फरक दृष्टिकोणले हेर्ने गर्छन अर्थात नराम्रो नजरले।
हजुरबुबा बिरामी भएकाले नेपाल फर्कन लागेको थाहा पाउछ । हजुरबुबाको कुरा गर्दै गर्दा, कालीदासले पनि मनमनै केही बर्ष अघि स्वर्गवास हुनु भएको आफ्नो हजुरबुबाको यादगर्छ। मनका भित्ताहरुमा हजुरबुबाका तस्बिरहरु भरिएर आएको थियो । कालीदासलाई सबैभन्दा बढी माया गर्ने हजुरबुबा नै हुनुहुन्थ्यो। नेपालमा छदा, आँखाको अगाडी नै हजुरबुबा वित्नु भएको थियो। सिन्गापुर च्यान्गी अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेको नयाँ साथीसंग कुरा गर्दा गर्दै, आफ्ना पुराना यादहरु सम्झन्छ पुग्छ ।
साथीलाई पनि हजुरबुबा, बिरामी हुनु हुन्छ भने, केही समय नेपाल बसी स्याहार सुसार गर्दा राम्रो हुन्छ होला भनि सल्लाह दिन्छ ।
दुवैजना अष्ट्रेलियाको र जापानको जिवनशैलीका कुराहरु गर्दै जान्छन । जापान भनेको काम गर्ने ठाउ रहेछ, पढने ठाउ नरहेछ, जति बसे पनि गाईकोकुजिन(विदेशी)को रुपमा मात्र चिनिन्छ, यो देशका नागरिकहरुले विदेशी नागरिकहरुलाई फरक दृष्टिकोणले हेर्ने गर्छन अर्थात नराम्रो नजरले।
पेट्रोल होकि डिजल हो गनाईरहेको थियो, बसमा हिन्दी गीत धन्काईएको थियो ।
शौचालय पनि त्यतिकै फोहोर थियो । यस्ता कुराहरुले एक छिन, म कतै अन्तै त आएको छैन
जस्तो हुन्छ कालीदासलाई।
आजकल जापानको भन्दा अरु कुनै देश ठिक हुन्छ जस्तो लाग्छ, अष्ट्रेलिया कस्तो छ? भनि प्रश्न गर्दछ ।
साथीले पनि अष्ट्रेलिया चाही विदेशीहरुले बनाएको देश भएकाले त्यती गार्हो त छैन, तैपनि विदेश भनेको विदेशनै हो, आफु राम्रो भएपछि, आफ्नो ख़याल राम्रो भएपछि सबै राम्रो हुदै जान्छ होला, त्यसैले आत्म सन्तुष्टी हुनु पर्छ, त्यही हो जिवन भन्छ। तर यदि तपाई अष्ट्रेलियाको बारेमा बुझ्न चाहानु हुन्छ भने एउटा साथी छ भनि, हाल अस्टेलियामा बस्ने साथीको सम्पर्क नम्बर दिन्छ । दुईजना कुरा गर्दै- गर्दा नेपाल जाने बिमान पनि आईपुग्छ र दुबैजना बिमान तिर लाग्छन।
कालीदासपनि अघि त्यति आराम गर्न नपाएकोले गर्दा होला,सिटमा पुग्ने बितिक्कै भुसुक्कै निदाईहाल्छ । निध्रा खुल्दा त बिमान पनि नेपालको आकासमा पुगिसकेको हुन्छ । हवाईजहाज़को स्यानो झ्यालबाट नेपालका साना साना घरहरु देखिन थालिसकेका थिए । कालीदास पनि दङ्ग परिरहेको हुन्छ । कतिखेर नेपालको भुमीमा टेकौँ जस्तो भईरहेको थियो।
केही समयमानै हवाईजहाज़ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दछ । त्यसपछि कालीदास पनि आफ्ना सामानहरु बोकी बसमा चढ़छ । त्यति बेला कालीदासले आफुले सोचेको भन्दा फरक नेपाल पाउछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको बस थियो त्यो, खै के हो पेट्रोल होकि डिजल हो गनाईरहेको थियो, बसमा हिन्दी गीत धन्काईएको थियो। शौचालय पनि त्यतिकै फोहोर थियो । यस्ता कुराहरुले एक छिन, म कतै अन्तै त आएको छैन जस्तो हुन्छ कालीदासलाई।
फस्ट ईम्प्रेसन ईज लास्ट ईम्प्रेसन, नेपाल घुम्न आउने पर्यटकको फस्ट ईम्प्रेसननै यस्तो भएपछि …भनेर मनमनै सोच्दछ।
त्यसपछि ईमिग्रेसन तिर लाग्छ । पासपोर्टमा एराईभलको स्टाम्प हान्नु पर्ने, उल्टो हान्छ फेरी अनि भन्छ, भाई जापानबाट हो ? पैसा कमाईयो होला नी । नेपाल फर्कन पाएको छैन तिता अनुभब गरिसक्दछ कालीदास । आफु त यो देशमा जन्मेको भएर यहाको बारेमा थाहा छ । ति बिचारा बिदेशीहरुले के सोचीराखेको होलान जस्तो लाग्दछ । सबैलाई हतार भईरहेको छ, लाईन लाग्ने चलन नै छैन ।
कालीदास आफ्नो ३-४ बर्षको जापान बसाई पछि नेपाल फ़र्क़दा नेपाली काम गर्ने शैली विर्सिएको अनुभव गर्छ।
क्रमस…






0 comments:
Post a Comment