
सडकमा अत्याधिक खाल्डा भएको लामो समय हुँदासमेत नगरपालिकाले मर्मतमा कुनै चासो नदिएपछि दुर्घटना बढ्न थालेको हो । वर्षा लागेसँगै पूर्व पश्चिम राजमार्गअन्र्तगत रत्ननगर क्षेत्रमा सडक भत्किएर खाल्डाखुल्डी हुँदा सवारी दुर्घटना भई मानवीय क्षति हुने सम्भावना बढ्दै गएको छ ।
रत्ननगरको बेल्सीपुलदेखि टिकौलीसम्म अहिले सयाँै खाल्डाखुल्डी देख्न सकिन्छ । सडकमा खाल्डाखुल्डी हुँदासमेत मर्मतमा नगरपालिकाले पहल नगर्दा सडक डिभिजन कार्यालयले कुनै चासो नदिएपछि दुर्घटना बढ्न थालेको हो ।
मर्मतका नगरपालिकाले सडक विभागलाई पत्राचार गरी काम सुरु गर्नुपर्ने भए पनि काम सुरु नगर्दा सडकको बिजोग भएको छ । रत्ननगरको टाँडी बजार क्षेत्र, सौराहाचोक, बकुल्लहरचोक, निपनीचोक, भानुचोक, कृष्णमन्दिरचोक, सिँचाईगेटचोक, सशस्त्र पेट्रोल पम्प र टिकौली जंगल क्षेत्रमा पर्ने सडकमा खाल्डो खुल्डी रहेका छन् । जसले सवारी साधन सञ्चालनमा कठिनाई र दुर्घटनामर्मत बढेको स्थानीय राजेन्द्र आचार्यले गुनासो गरेका छन् । खाल्डोभित्र गुडिरहेको सवारी साधन पसी दुर्घटना हुने गरेको उनले बताए ।
ती ठाउँमा गुड्दागुड्दै सडकमा रहेको खाल्डोभित्र पसेपछि एक हप्ताभित्र एक दर्जन बढी मोटरसाइकल चालक घाइते भएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले सडकको मर्मत गर्ने जिम्मा पाएको सडक विभागले लामो समयसम्म पनि सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम नगरेको भन्दै विरोध जारी राखेका छन् ।
यस क्षेत्रमा सडक समयमा नै मर्मत नहुँदा सवारी साधन प्रभावित हुने गरी बीच सडकमै ठूल्लाठूला खाल्डा बनेको स्थानीय दिपक श्रेष्ठले जानकारी दिए । उनले सडकमा जताततै खाल्डो बनेको लामो समय भइसक्दा सम्बन्धित निकायले मर्मतमा कुनै ध्यान नदिएको गुनासो गरे ।
स्थानीयले तत्काल सडक मर्मत गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । सडकको मर्मत गर्ने जिम्मा पाएको सडक विभागले लामो समयसम्म पनि सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यता सडक डिभिजन कार्यालयले भने ढुङ्गा, गिट्टी निकासीमा आपूर्ति नभएकाले मर्मतको काम गर्न नसकिएको बताएको छ ।






0 comments:
Post a Comment